आइसीसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा पुग्न भारतले न्यूजिल्याण्डबाट २ सय ४० रनको लक्ष्य पाएको छ।
म्यानचेस्टरमा बुधबार भइरहेको पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३९ रन बनायो।
रोज टेलरले ७४ र केन विलियम्सनले ६७ रनको अर्धशतकीय पारी खेल्दै न्यूजिल्याण्डलाई सो स्थितिमा पुर्याएका हुन्।
त्यसबाहेक उसका हेनरी निकोलसले २८, कोलिन ग्रान्डहोमीले १६, टोम लाथनले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।
भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए। त्यसबाहेक जसप्रित बुम्राह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र यूजभेन्द्र चाहालले समान १–१ विकेट लिए।

प्रतिक्रिया