हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिका—२३, हात्तीवनमा रहेको नवकिरण अनाथ असहाय बाल उत्थान समाजका बालबालिकाहरुलाई सहयोग गरेको छ।
बैंकले नवकिरण अनाथ असहाय बाल उत्थान समाजका ४२ जना बालबालिकाहरुका लागि खाद्यान्नहरु चामल, दाल, खाने तेल, चिउरा, चना, बिस्कुट आदि प्रदान गरेको हो। उक्त समाजले विभिन्न स्थानबाट ल्याइएका निकै साना अनाथ बालबालिकाहरु तथा विभिन्न उमेर समुहका बालबालिकाहरुलाई आश्रय तथा उचित शिक्षा प्रदान गर्ने गरेको छ।
बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरे। बैंकले स्थापनाकालदेखि नै अनाथालय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामग्रीहरु उपलब्ध गराउँदै आएको छ।
हाल बैंकको ५९ वटा शाखा र १२० वटा एटीएम रहेको छ भने १४ शाखा थप विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया