खेल


एन्फा निर्वाचन: चैत १३ गते मतदान

एन्फा निर्वाचन: चैत १३ गते मतदान

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १४:१२, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित निर्वाचनको कार्यक्रम पुनः संशोधित कार्यतालिका प्रकाशित भएको छ। 

प्रतिनिधि सभा सदस्यका लागि २१ गते बिहीबार भएको निर्वाचनका कारण रोकिएको एन्फाको निर्वाचन कार्यक्रम पुनः सुरु भएको हो। 

नेपालको निर्वाचन आचारसंहिताका कारण निर्वाचन आयोगले एन्फाको निर्वाचन कार्यक्रक रोक्न आग्रह गरेपछि रोकिएको थियो। 

प्रतिनिधि सभाको निर्वाचन लगत्तै एन्फाको निर्वाचन समितिले शुक्रबार पुनः संशोधित कार्यतालिका प्रकाशित गरेको छ। 

संशोधिक कार्यतालिका अनुसार आज २२ गते उम्मेदवार तथा मताधिकार प्रतिनिधिको नामावली प्रकाशन भएको छ। फागुन २८ गते उम्मेदवार तथा मताधिकार प्रतिनिधिविरुद्ध दावी गर्ने अन्तिम मिति तोकिएको छ।

२९ गते पुनरावेदनको समितिको निर्णय र ३० गते दावी विरोधको पुनरावेदनपछिको अन्तिम नामावली प्रकाशनको मिति तोकीएको छ। चैत्र १३ गते मतदानको मिति तोकीएको छ। 

एन्फाको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ र दिर्घ बहादुर केसी प्रत्यासीका रुपमा रहेका छन्। १ वरिष्ठ उपाध्यक्ष पदका लागि दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खटिवडा गरि ३ जनाको उम्मेदवारी परेको छ। 

उपाध्यक्ष ४ पदका लागि १० जनाको उम्मेदवारी परेको छ। यस्तै १३ जना कार्यकारी सदस्यका लागि २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। २ जना महिला सस्यका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad