ad ad

खेल


कोरोना पोजेटिभ देखिएपछि पूर्व राष्ट्रिय खेलाडी रञ्जितले भने : ठीक छु, आत्तिनुपर्ने केही छैन

कोरोना पोजेटिभ देखिएपछि पूर्व राष्ट्रिय खेलाडी रञ्जितले भने : ठीक छु, आत्तिनुपर्ने केही छैन

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ७:१,

राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रञ्जित श्रेष्ठले आफूमा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको बताएका छन्।

वैदेशिक रोजगारीको लागि हाल दुबईमा रहेका रञ्जितले आफ्नो फेसबुक पेजमा भिडियो अपलोड गर्दै आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन्। उनले सेल्फ आइसोलेसनमा बसेको जनाएका छन्।

‘सेल्फ आइसोलेसनमा छु, मलाई कोरोनाको पोजेटिभ देखिएको छ। खासै त्यस्तोे त केही जस्तो लागेको छैन, तातो पानी खान्छु, ब्यालेन्स डाइटमा बसेको छु’,  उनले आफ्नो फेसबुक पेजमा एक भिडियो पोस्ट गर्दै भनेका छन्, ‘तर आत्तिनुपर्ने केही छैन। मलाई भएको भएको चार पाँच दिन भयो। कफ केही छैन। कहिलेकाहीँ ड्राइ कफ हुन्छ। रुममा बसेको छु, खाना खान्छ, जगिङ गर्दै बसेको छु।’

उनले भिडियोमार्फत नआत्तिनमा पनि सबैलाई आग्रह गरेका छन्। उनले भनेका छन्, फेसबुकमा मेरो जति पनि साथीभाइ हुनुहुन्छ, नडराउनु होला, डराउनु पर्ने खालको छैन। नर्मल लिँदा हुन्छ, आफूले बार्नु पर्छ, फेरि मेरो सेकेन्ड रिजल्ट के आउँछ भन्छु, फेरि भिडियो पोष्ट गर्नेछु।’

संक्रमण देखिएपछि रञ्जितसँग सम्पर्क भएको बाबु नारायण श्रेष्ठले जानकारी दिए।

‘म्यासेन्जरमार्फत कुरा भएको थियो। पहिलो टेस्टमा पोजेटिभ देखिएपछि कम्पनीले नै आइसोलेसनमा राखेको भनेको छ’, झापा भद्रपुरका स्थायी बासिन्दा श्रेष्ठले भने, ‘त्यस्तो केही अप्ठ्यारो भएको छैन, दोस्रो टेस्टको रिपोर्ट कस्तो आउँछ हेरौं भनेको छ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी राञ्जितले सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .