कारोना भाइरस ‘कोभिड १९’ को प्रकोपका कारण व्यापारमा ठूलो घाटा व्यहोरेपछि आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर बनेको कोलम्बियाको कम्पनी आभियांकाले आइतबार एक विज्ञप्ती निकाल्दै जानकारी दिएको छ।
आभियांकाले आफू टाट पल्टिएको विषय अदालतमा बताउने पनि जनाएको छ।
आभियांका एयरलाइन्सले प्रत्यक्ष २१ हजार रोजगारी प्रदान गर्दै आएको थियो। ९० देशमा आभियांकाको विमान उड्दै आएको थियो।
तर कोरोना प्रकोपबीच व्यापार ठप्प भएपछि आभियांकाले कर्मचारीलाई तलब दिने अवस्थामा नरहेको पनि बताएको छ। एजेन्सी
प्रतिक्रिया