खेल


एपीएफले जित्यो एन्फा महिला च्याम्पियनसिपको उपाधि

एपीएफले जित्यो एन्फा महिला च्याम्पियनसिपको उपाधि

नेपालखबर
फागुन ९, २०८२ शनिबार १९:५, काठमाडौँ

विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) महिला च्याम्पियनसिपको उपाधि उचालेको छ। 

उदयपुरको गाईघाटस्थित थरुहट रगंशालामा शनिबार भएको फाइनलमा आर्मीलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा तीनै गोल दोस्रो हाफमा भएका थिए।

एपीएफको जितमा डिफेन्डर गिता राना र मिडफिल्डर रेनुका नगरकोटेले गोल गरे। जेनिफर रानाले गरेको गोल आर्मीका लागि शान्त्वना बन्यो। 
खेलको ५५औँ मिनेटमा गिता रानाको गोलमा एपीएफले सुरुवाती अग्रता बनाएको थियो। ६८औँ मिनेटमा रेनुका नगरकोटेको गोलमा एपीएफले अग्रता दोब्बर पार्‍यो। 

खेलको ७२औँ मिनेटमा जेनिफरको गोलमा आर्मीले खेललाई २-१ को अवस्थामा पु¥याइन्। तर त्यसपछि थप गोल गर्न सकेन। 

एपीएफले सेमिफाइनलमा संकटा क्लबलाई ३-० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो। आर्मी भने पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad