राजनीति


निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाही गर्न केन्द्रीय सुरक्षा समितिको निर्देशन

निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाही गर्न केन्द्रीय सुरक्षा समितिको निर्देशन

नेपालखबर
फागुन ९, २०८२ शनिबार १९:२५, काठमाडौँ

निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गर्नेहरूलाई कारबाही गर्न केन्द्रीय सुरक्षा समितिले जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। 

शनिबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन आचारसंहिता विपरीता भएका क्रियाकलापबारे छलफल भएको थियो। चुनावी प्रचारका क्रममा केही ठाउँमा निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप भएको पाइएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए। 

आचारसंहिता विपरीताका क्रियाकलापमा कारबाही गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय भएको काफ्लेले जानकारी दिए। ‘कतै आचारसंहिता विपरीताका कार्य भएमा कारबाहीको दायरामा ल्याउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय भएको छ,’ उनले भने। 
दाङ, बारा लगायतका केही जिल्लामा राजनीतिक दलका झण्डा जलाउने, निर्वाचन प्रचारप्रसारमा अवरोध गर्ने कार्य भएका थिए। त्यस्ता केही घटनामा कारबाहीको प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए। 

अब उप्रान्त त्यस्ता क्रियाकलाप नगर्न राजनीतिक दलाई आग्रह गर्ने निर्णय पनि भएको छ। ‘सबै राजनीतिक दललाई प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहितलाई पूर्णरुपमा पालना र अर्को राजनीतिक दल विशेषप्रति सामाजिक सद्भाव रहने गरी क्रियाकलाप गर्न आग्रह गरिएको छ,’ प्रवक्ता काफ्लेले भने। 

यससँगै रौतहटमा भएको झडपका विषयमा पनि केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ। ‘रौतहटको घटनामा सबैलाई संयमता र उच्च सद्भाव कायम गर्नका लागि आग्रह गरिएको छ,’ प्रवक्ता काफ्लेले भने, ‘जिल्ला सुरक्षा समितिलाई उचित सुरक्षा व्यवस्था गर्न निर्देशन दिइएको छ।’

यससँगै केन्द्रीय सुरक्षा समितिको बैठकमा चुनावको तयारी र सुरक्षा चुनौतीबारे पनि छलफल भएको उनले जानकारी दिए। बैठकमा सुरक्षा व्यवस्थाबारे सुरक्षा निकायका अधिकारीहरूले ब्रिफिङ गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad