खेल


आहा रारा पोखरा गोल्डकपको फाइनल आज, जावलाखेल र सहारा भिड्दै

आहा रारा पोखरा गोल्डकपको फाइनल आज, जावलाखेल र सहारा भिड्दै

नेपालखबर
फागुन ९, २०८२ शनिबार ८:२४, कास्की

मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ सस्करणको फाइनल खेल आज हुँदै छ।

पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरु हुने खेलमा उपाधिका लागि जावलाखेल युथ क्लब र सहारा क्लब पोखरा भिड्दै छन्।

जावलाखेलले हालसम्म आहा राराको उपाधि चुम्न सकेको छैन। जावलाखेल पहिलोपटक उपाधि चुमेर इतिहास रच्ने र सहारा दोहोराउने लक्ष्यमा छ।

विसं २०७० मा पहिलोपटक उपाधि चुमेको सहारा दोस्रो उपाधिका लागि मैदानमा जाँदै छ।

जावलाखेल प्रि-क्वाटरफाइनलमा मच्छिन्द्र क्लबलाई २-०, क्वाटरफाइनलमा अपी चर्च ब्वाइज युनाइटेडलाई ३-० र सेमिफाइनलमा विदेशी टोली उज्वेकिस्तानको आभा एफसीलाई १-० ले हराउँदै फाइनलमा पुगेको हो।

सहाराले भने प्रि-क्वाटरफाइनलमा गोरखा इन्टरनेसलन फुटबल क्लव हङकङलाई १-०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लवलाई ६-५ र सेमिफाइनलमा मनाङमस्र्याङ्दी क्लबलाई ७-६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

गत माघ २७ गतेदेखि सुरु भएको २५औँ संस्करणको प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad