मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यतिबेला (शनिबार बिहान) तराईका केही स्थानमा हुस्सु लागेको छ। हिमाली क्षेत्रमा आंशिक बादल छ र देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो र रातिचाहिँ कस्तो होला त मौसम? यस्तो छ मौसम महाशाखाको प्रक्षेपण:
दिउँसो : कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मौसम साधरणतया बदली (आकाशमा बादल) र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बदली (छिटपुट बादल) हुनेछ। देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
राति : तराईका थोरै स्थानमा तुँवालो रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा मौसम आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
Shares

प्रतिक्रिया