निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै निर्वाचन कार्यक्रम स्थगन गर्न सूचित गरेको छ।
यही फागुन ६ गते पत्र पठाएर आयोगले एन्फालाई निर्वाचन आचारसंहिता पालना गर्न सचेत गराएको हो।
फागुन २१ मा हुने निर्वाचनको लागि गत माघ ४ गतेदेखि नै आचारसंहिता लागू भइसकेको छ। सोको पालना गर्न आयोगले एन्फालाई भनेको हो।
एन्फाले माघ अन्तिम साताका लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तय गरेको थियो। तर उच्च अदालत पाटनले माघ ४ मा अन्तरिम आदेश दिएपछि रोकिन पुगेको थियो।
माघ १३ गते एन्फाले आयोगलाई पत्र पठाउँदै आचारसंहिता उल्लंघन नहुने गरी नयाँ कार्यतालिका ल्याएर निर्वाचन गराउने भनेपछि आयोगले रोक्न पत्राचार गरेको हो।
यस्तो छ आयोगको पत्र

63
Shares

प्रतिक्रिया