अखिल नेपाल फुटबल संघ (एन्फा) को माघका अन्तिम साताका लागि तय गरिएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित भएको छ।
एन्फा निर्वाचन समितिका सदस्य सचिव लोकेन्द्र ओलीले उच्च अदालत पाटनले दिएको अन्तरिम आदेश प्राप्त भएकोले निर्वाचनका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएका हुन्।
एन्फाको निर्वाचन समितिले उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन सम्बन्धी प्रकृया यथास्थितिमा राख्न भनी जारी भएको अन्तरिम आदेशको आधारमा स्थगित भएको जनाएको हो।
एन्फाको केन्द्रीय कमिटिको निर्वाचन माघ २८ गतेका तय निर्वाचन रोक्न परेको रिटमा अदालतले पुस २८ अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।
माघ ४ गते उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेशलाई नै निरन्तरता दिदै निर्वाचन रोक्न आदेश दिएको थियो।
अदालतको अल्पकालिन अन्तरिम आदेशपछि पनि एन्फाले एन्फा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यका लागि मनोनयन दर्ता गराएको थियो।
एन्फाको १ अध्यक्षका लागि २, १ वरिष्ठ उपाध्यक्षका लागि ३, ४ उपाध्यक्षका लागि १० तथा १५ सदस्यका लागि ३० भन्दा बढीको उम्मेदवारी परेको छ।
Shares

प्रतिक्रिया