खेल


स्कटल्यान्डविरुद्ध टस जितेर नेपाल पहिले फिल्डिङमा, जोरालाई मौका

स्कटल्यान्डविरुद्ध टस जितेर नेपाल पहिले फिल्डिङमा, जोरालाई मौका

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १८:५६, काठमाडौँ

आईसीसी टी-२० विश्वकपमा स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। 

मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गर्ने भएको हो। नेपालले सुरुवाती तीनै खेलमा टस हारेको थियो। 

स्कटल्यान्डविरुद्ध नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएको छ। करण केसीको स्थानमा सन्दीप जोरा ‘प्लेइङ-११’मा आएका छन्। जारी विश्वकपमा करण विकेटविहीन छन्। सन्दीपले भने टी-२० विश्वकपमा पहिलो खेल खेल्न लागेका हुन्।

नेपालले समूह चरणको आफ्ना तीनै खेल वानखेडे स्टेडियममा खेलेको थियो। स्कटल्यान्ड भने आफ्ना तीन खेल कोलकताको इडेड गार्डेनमा खेलेर मुम्बइ आएको हो। 

सुपर-८ को दौडबाट बाहिरिसकेका नेपाल र स्कटल्यान्ड जितको साथ विश्वकपको सुखद अन्त्य गर्न चाहान्छन्। 

समूह चरणको पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको हार व्यहोरेको नेपाल दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो। समूह चरणको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजसँग ९ विकेटको हार भोगेको थियो।

नेपाली टोली: कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, सन्दीप जोरा, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad