नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले बिहानको पिच कन्डिसनमा सुरुमा ब्याटिङ गर्नु चुनौतीपूर्ण भएको बताएका छन्।
वानखेडे स्टेडियममा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै उनले ब्याटिङ साझेदारी बन्न नसकेको र वेस्ट इन्डियनहरुले राम्रो बलिङ गरेको टिप्पणी गरे।
‘बिहानै सुरुमा ब्याटिङ गर्नु नै चुनौती थियो। विशेषगरी म्याथ्यु फोर्डे, अकिल हुसेन र जेसन होल्डरले पावरप्लेमा राम्रो बलिङ गरे। उनीहरुले पिच कन्डिसनको भरपुर प्रयोग गरे। ब्याटिङ युनिटको रुपमा हामी फेरि फेल भयौँ। हामी अघि बढ्न जरुरी छ’, उनले भने, ‘हामी ब्याटिङ साझेदारी बनाउन सकिरहेका छैनौँ। खालि २० वा ३० मा बसिरहेका छौँ। त्योभन्दा माथि जानै सकेका छैनौँ। ब्याटरको रुपमा हामीले ठूलो स्कोर बनाउन सकेका छैनौँ। यी कुराहरुमा हामीले सुधार गर्नुपर्ने देखेको छु।’
उनले दीपेन्द्र सिंह ऐरीबाट अरु ब्याटरले सिक्नुपर्ने पनि बताए।
गुल्सनले भने– पर्फमेन्स दिन नसक्दा आफैँसँग दुःखी छु
‘दीपेन्द्रले आफ्नो समय लिए र राम्ररी खेले। उनले अन्तिममा रन बढाए। सुरुतिर विकेट कठिन हुँदा पनि पर्खिएर अवसर सदुपयोग गरे। हामीले यसबाट सिक्नुपर्छ। बाहिरको हल्लालाई बाहिरै राख्न महत्त्वपूर्ण छ। यदि खेलाडीहरुले यसलाई सुन्छन्, त्यसको असर प्रस्तुतिमा पर्न जान्छ। जब टिमले हारिरहेको हुन्छ। सबैले सकारात्मक रहनुपर्ने हुन्छ। हामी अहिले त्यही गरिरहेका छौँ’, रोहितले भने।
आजको खेलमा प्लेयर अफ दि म्याच बनेका वेस्ट इन्डियन जेसन होल्डरले यो फरक खेल भएको बताए।
उनले बल खेल्न केही गाह्रो भएको स्वीकारे। सोही कारण लाइनमा खेल्न गाह्रो भएको उनको प्रतिक्रिया थियो। राम्रो मुभमेन्टका कारण जित निकाल्न सकेको उनको भनाइ छ। म्याथ्युले राम्रो बलिङ गरेको उनले बताए।
Shares

प्रतिक्रिया