नेपाली राष्ट्रिय क्रिकेट टोलीका गुल्सन झाले अहिले राम्रो पर्फमेन्स दिन नसकेको स्वीकार्दै आफैँलाई दुःख लागेको बताएका छन्।
उनले वेस्ट इन्डिजसँगको हारपछि पत्रकारसँग कुरा गरेका थिए।
आफ्नो कन्फिडेन्स घटेको बताउँदै उनले प्रशिक्षक स्टुवार्ट लसँग कुरा गर्ने बताए।
‘कन्फिडेन्स घटेको छ, कोचसँग कुरा गर्न चाहन्छु। विश्वकपपछि कुरा गर्छु’, उनले भने, ‘टिमभित्र सबै कन्फिडेन्ट छन्। सबैले समर्थन नै गरिरहनुभएको छ। एकअर्कालाई सबैले सहयोग गरेका छन्।’
इंग्ल्यान्डसँग राम्रो भएपछि सबैको एक्सपेक्टेसन (आशा) बढेको तर टिमले त्यसलाई क्याप्चर गर्न नसकेको उल्लेख गरे। उनले यो विश्वकपभरि सामाजिक सञ्जालबाट टाढै रहेको खुलाए। प्रशिक्षक लले सामाजिक सञ्जाल प्रयोगबारे वेस्ट इन्डिजसँगको खेलअघि टिप्पणी गरेका थिए।
Shares

प्रतिक्रिया