खेल


वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले गर्नेछ ब्याटिङ, ललितको स्थानमा सोमपाल

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले गर्नेछ ब्याटिङ, ललितको स्थानमा सोमपाल

आइतबार बिहान वेस्ट इन्डिज र नेपाल टसका क्रममा। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ३, २०८२ आइतबार १०:५७, मुम्बई

भारतमा जारी आईसीसी टी-२० विश्वकपमा वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 

आइतबार बिहान मुम्बइको वानखेडे रगंशालामा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

नेपाली टोलीले आजको खेलमा अघिल्लोबाट टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ।

ललित राजवंशीको स्थानमा सोमपाल कामी प्लेइङ-११ मा आएका हुन्।

योसँगै नेपालले खेलेका तीनै विश्वकप खेल्ने सोमपाल एक्ला खेलाडी बनेका छन्।

यो पनि : मुम्बईको वानखेडे स्टेडियममा २० वर्षपछि सोमपालको दोस्रो ‘इनिङ’

नेपालले विश्वकपमा तीनै खेलमा टस हारेको छ।

आज नेपाललाई हराएको अवस्थामा वेस्ट इन्डिज एक खेलअगावै सुपर ८ मा पुग्नेछ।

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने इटालीसँग १० विकेटको फराकिलो हार बेहोरेको थियो। 

वेस्ट इन्डिजले पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराएको थियो। दोस्रो खेलमा इंग्ल्यान्डविरुद्ध ३० रनको जित हासिल गरेको थियो।

नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad