खेल


नेपाल सहभागी तीनवटै विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बने सोमपाल कामी

नेपाल सहभागी तीनवटै विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बने सोमपाल कामी

नेपालखबर
फागुन ३, २०८२ आइतबार ११:१७, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल सहभागी तीनवटै विश्वकप खेल्ने पहिलो खेलाडी बनेका छन्।

आइतबार बिहान मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिजविरुद्ध प्लेइङ-११ मा स्थान बनाएसँगै सोमपाल अहिलेसम्म नेपालले खेलेका तीन विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका हुन्।

नेपालले यसअघि खेलेका दुई विश्वकपमा सोमपालले ६ खेलमा ७ विकेट लिएका छन्।

यस्तै उनले टी-२० आईका ८६ खेलमा ८१ विकेट आफ्नो नाममा गरेका छन्। 

नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेल्दा सोमपाल टोलीका जुनियर खेलाडी थिए। 

यसपछि नेपाल दोस्रोपटक सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा सहभागी हुँदा पनि सोमपाल थिए।

अहिले सन् २०२६ मा भारत र श्रीलंकामा भएको विश्वकपमा वेस्ट इन्डिजविरुद्ध खेल्दै सोमपाल देश सहभागी विश्वकप खेल्ने पहिलो राष्ट्रिय खेलाडी बनेका हुन्। 

जारी प्रतियोगितामा यसअघिका इंग्ल्यान्ड र इटालीविरुद्धका २ खेलमा बेन्चमा रहेका सोमपालले आज वेस्ट इन्डिजविरुद्धको प्रतिस्पर्धामा मौका पाएका हुन्।

यो पनि : मुम्बईको वानखेडे स्टेडियममा २० वर्षपछि सोमपालको दोस्रो ‘इनिङ’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad