खेल


विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

इंग्ल्यान्डविरुद्ध नेपाल (सरोज नेपाल)


लक्ष्मी जि.सी
माघ २५, २०८२ आइतबार १६:५६, मुम्बई

आईसीसी टी–२० विश्वकपमा जितका लागि इंग्ल्यान्डले नेपालसामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए। नन्दन यादव, शेर मल्ल र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे। करण केसी र कुशल भुर्तेल विकेटविहीन रहे। कुशल भुर्तेलले आफ्नो स्पेलमा ४० रन खर्चे। करण केसीले ३ ओभरमा ३५ रन खर्चे। नेपालले अन्तिम ओभरमा २१ रन खान पुग्यो।

विल ज्याक्स ३९ रनमा अविजित रहे। उनले १८ बलमान १ चौका र ४ छक्का हाने। जोफ्रा आर्चर १ रन बनाउँदा करण केसीको बलमा रनआउट हुन पुगे। नेपालविरुद्ध आक्रामक सुरुवात गरेको इङल्यान्डले पावर प्लेमा २ विकेट गुमाएर ५७ रन बनाएको थियो। 

८ बलमा २ रन बनाएका साम कुरन १५.३ ओभरमा दिपेन्द्र सिंह ऐरिको बलमा बोल्ड आउट हुन पुगे। 

चौथो विकेटका लागि जाकोब बेथल र ह्यारी ब्रुकले ७१ रनको साझेदारी गरे। 

दीपेन्द्र सिंह ऐरीले १४औँ ओभरको चौथो बलमा जाकोब बेथेललाई ५५ रन बनाउँदा लोकेश बमको हातबाट क्याच आउट गराए। ३५ बलमा ४ चौका र ४ छक्का हानेका बेथललाई  दिपेन्द्रले आफ्नो दोस्रो ओभरको चौथो बलमा क्याच गराउँदै पेभेलियनको बाटो देखाए। 

इंग्ल्यान्डले ११.२ ओभरमा नेपालविरुद्ध १ सय रन पूरा गरेको थियो। सातौँ ओभरको पहिलो बलमा स्पिनर सन्दीप लामिछानेले टम बान्थोमलाई २ रन बनाउँदा एलबीडब्लु धरापमा पारे। 

नेपालका लागि सुरुवाती दुवै विकेट पहिलो पटक विश्वकप खेलिरहेका नन्दन यादव र शेर मल्लले लिए।  नन्दन यादवले पाचौँ ओभरको तेस्रो बलमा ओपनर जस बटलरलाई पेभेलियनको बाटो देखाए।

१७ बलमा ५ चौका सहयोगमा २६ रन बनाएका जस नन्दनको बलमा विकेटकिपर आशिफ शेखको हातबाट आउट हुन पुगे। पहिलो पटक विश्वकप खेलिरहेका नन्दनले आफ्नो पहिलो ओभरमा नै विकेट लिएका हुन्। 

नन्दनले १९ औँ ओभरको दोस्रो बलमा कप्तान ह्यारी केनलाई ५३ रनमा आउट गरे। ३२ बलमा ४ चौका र ३ छक्का हानेका ह्यारी नन्दनको बलमा शेर मल्लको हातबाट क्याच आउट हुन पुगे। 

त्यसअघि शेर मल्लले दोस्रो ओभरको पहिलो बलमा अ‍ोपरन फिल साल्टलाई १ रन बनाउँदा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराउँदै डेब्यु विकेट लिएका थिए। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad