खेल


भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेको पाकिस्तानी क्रिकेट टोली कोलोम्बोमा

भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेको पाकिस्तानी क्रिकेट टोली कोलोम्बोमा

नेपालखबर
माघ २०, २०८२ मंगलबार १२:३६, काठमाडौँ

भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको पाकिस्तानी राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकप २०२६ का लागि श्रीलंकाको कोलोम्बो पुगेको छ। 

विश्वकपका लागि उत्साह र अपेक्षाको साटो राजनीतिक तनावकाबीच पाकिस्तानी टोली कोलोम्बो पुगेको हो। 

सलमान अली आगाको कप्तानीमा रहेको पाकिस्तानी टोली विश्वकपमा भारतसँग नखेल्ने स्पष्ट निर्देशन लिएर कोलोम्बो पुगेको हो। 

पाकिस्तानले बुधबार आयरल्यान्डसँग अभ्यास खेल खेल्दैछ। फेब्रुअरी ७ मा नेदरल्यान्ड्सविरुद्ध विश्वकपमो उद्घाटन खेल खेल्ने तालिका छ। 

पाकिस्तानले भारतसँगको खेल नखेल्ने निर्णय गदै मैदान नपुगे आइसीसीले खेल रद्द भएको घोषणा गर्नेछ। भारतलाई २ अंक दिनेछ। यसको असर पाकिस्तानको नेट रन रेटमा पर्नेछ। 

पाकिस्तानको नेट रन रेटमा असर परे पाकिस्तानको सुपर ८ मा पुग्ने आशामा समेत धक्का पुग्नेछ। सुपर ८ मा पुग्नका लागि हरेक खेलको अंक र रन रेटले महत्वपुर्ण भुमिका खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad