कारोबार


सामसङ नेपालको होलीको अफर

वासिङ मेसिन र रेफ्रिजरेटरहरुमा छुट
सामसङ नेपालको होलीको अफर

नेपालखबर
माघ २०, २०८२ मंगलबार १२:३१, काठमाडौँ

सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। 

यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने कम्पनीले जनाएको छ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। 

ग्राहकहरूले ७ के.जी देखि १२ के.जी सम्मका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड, र सेमी-अटो मेटिक टप-लोड वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछन्। त्यसै गरी, सिंगल डोर, डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरहरुमा १७ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध छ। 

सामसङ वाशिङ मेसिनहरूमा डिट मोटरमा २० वर्षको वारेन्टी तथा ४००भीसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा र रेफ्रिजरेटरहरुमा ३००भीसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिस्चित हुन्छ।

सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध रहेको कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad