अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पाकिस्तानलाई आईसीसी टी–२० विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।
पाकिस्तानले सामाजिक सञ्जाल एक्समार्फत फेब्रुअरी १५ मा श्रीलंकामा हुने भारतविरुद्धको खेल नखेल्ने बताएपछि आईसीसीले यस्तो आग्रह गरेको हो।
आइसीसीले एक विज्ञप्ति जारी गर्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यसबारे पुनर्विचार गर्ने अपेक्षा गरेको उल्लेख गरेको छ। यस्तो निर्णयले विश्वव्याप क्रिकेट इकोसिस्टमलाई असर गर्ने सम्भावना रहेको आईसीसीको भनाइ छ।
आईसीसीले राष्ट्रिय नीतिको मामिलामा सरकारको भूमिकाको सम्मान गर्ने तर यो निर्णय विश्वव्यापी खेलको हितमा वा पाकिस्तानका लाखौँ प्रशंसकहरुसहित विश्वभरका प्रशंसकको कल्याणमा नरहेको उल्लेख छ।
Shares

प्रतिक्रिया