पाकिस्तानले आईसीसी टी–२० विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने भएको छ।
पाकिस्तान सरकारले विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने जनाएको हो।
पाकिस्तान सरकारले सामाजिक सञ्जालमार्फत विश्वकपका लागि श्रीलंका जाने तर भारतविरुद्धको खेल भने नखेल्ने उल्लेख गरेको छ।
विश्वकपमा भारत र पाकिस्तान समूह ए मा छन्। यी दुई टोलीबीचको खेल आगामी फेब्रुअरी १५ छ।
भारतसँगको खराब सम्बन्ध कै कारण बंगलादेशले भारतमा खेल्न नमाल्दा स्कटल्यान्डले मौका पाएको थियो।
जसको कारण समूह सी मा रहेको नेपालले बगंलादेशको स्थानमा स्कटल्यान्डसँग विश्वकप खेल्नेछ।
42
Shares

प्रतिक्रिया