स्कटल्यान्ड आईसीसी महिला टी-२० विश्वकपका लागि छनोट भएको छ।
नेपालमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत सुपर सिक्समा अमेरिकालाई हराउँदै स्कटल्यान्ड विश्वकपमा पुगेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईतबार भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई ४१ रनले पराजित गरेको छ। यससँगै ग्लोबल छनोटबाट विश्वकपमा पुग्ने चारै टोलीको टुङ्गो लागेको हो।
आजै भएको पहिलो खेलमा थाइल्यान्डलाई ६२ रनले हराउँदै आयरल्यान्ड विश्वकपमा पुगेको थियो। यसअघि बंगलादेश र नेदरल्यान्डस् विश्वकपका लागि छनोट भइसकेका थिए।
48
Shares

प्रतिक्रिया