भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपका लागि भारतपछि सर्वाधिक टिकट माग हुने देशमा नेपाल परेको छ।
विश्वकपमा भारतसँग सम्बन्धित खेलपछि नेपालको खेलको टिकट बिक्री दोस्रो स्थानमा रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
विश्वकपको समूह ‘सी’मा रहेको नेपालका सबै खेल मुम्बईको वानखेडे स्टेडियममा हुँदै छ। वानखेडेमा नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।
१२ फेब्रुअरीमा इटाली र १५ मा वेष्टइण्डिजविरुद्ध खेल्नेछ। समूह चरणको अन्तिम खेलमा १७ फेब्रुअरीमा स्कटल्यान्डसँग खेल्ने तालिका छ।
भारतमा हुने विश्वकपमा नेपालका समर्थक धेरै हुने निश्चित छ। अहिलेसम्मको टिकट विक्रीलाई हेर्दा नेपालको क्रिकेटको क्रेज कति छ भन्ने स्पष्ट देखाउँछ।
विश्वकपका लागि नेपाली टोली अहिले मुम्बईमा अभ्यास गरिरहेको छ। विश्वकपमा लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा भइसकेको छ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरि (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम
Shares

प्रतिक्रिया