खेल


शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता

शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता

नेपालखबर
माघ १४, २०८२ बुधबार २१:२२, काठमाडौँ

नेपाल सोतोकान कराते संघको आयोजनामा आगामी शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता भक्तपुरमा हुने भएको छ।

सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा थिमी नगरपालिका–२ मा प्रतियोगिता हुने भएको हो। दुईदिने प्रतियोगितामा काता र कुमुतेततर्फ क्याडेट, जुनियर, सिनियर र भेट्रानततर्फ प्रतिस्पर्धा हुनेछन्।

संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारे जानकारी दिएको हो। कुल ४९ जिल्लाबाट पाँच सय जना खेलाडी छनोट गरी  प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागिएको नेपाल सोतोकान कराते संघका संस्थापक र अध्यक्ष हेमकुमार श्रेष्ठले जानकारी दिए।

कुमुतेको मिनी सब जुनियर (५–९ वर्ष) ततर्फ १५ केजी, २० केजीमूनि, २५ वर्षमुनि, ३० वर्षमुनि, ३५ वर्षमुनि र ३३ वर्षमुनि प्रतिस्पर्धा हुनेछन्।

यसै उमेरसमूहमा गल्र्स र ब्वाइजको एकल कातामा पनि प्रतिस्पर्धा हुनेछ। सब जुनियर (१०–१२ वर्ष उमेरसमूह) काता र कुमुेतमा पनि खेल हुने भएको छ। यसै उमेरसमूहमा ब्वाइजमा खुलाततर्फ कुमुते र एकल काता प्रतिस्पर्धा हुनेछन्।

क्याडेट (१३–१५ वर्ष) कुमुतेततर्फ गल्र्समा पाँच तौलसमूह र ब्वाइजमा आठ तौलसमूहमा खेल हुनेछ। क्याडेटमा नै एकल काता (गल्र्स र ब्वाइज) र खुला कुमुतेमा प्रतिस्पर्धा हुनेछन्। जुनियर कुमुते (१६–१८ वर्ष)ततर्फ पुरुषमा ६ तौलसमूह र महिलामा पाँच तौलसमूहमा प्रतिष्पर्धा गराइनेछ। 

यसै उमेरसमूहमा पुरुषततर्फ खुला कुमुते हुने आयोजकले जनाएको छ।

सिनियर कुमुते (१९–४० वर्ष) महिलामा ६ तौल र पुरुषमा सात तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। भेट्रान (४० वर्षमाथि) एकल काता र कुमुतेमा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछन्। महिला टिम खुला र पुरुष टिम कातामा खेल हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले ट्रफी प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad