खेल


न्यू डायमन्डसँग थाइल्यान्ड पराजित हुँदा पुलिस क्लब फाइनलमा

न्यू डायमन्डसँग थाइल्यान्ड पराजित हुँदा पुलिस क्लब फाइनलमा

नेपालखबर
माघ १४, २०८२ बुधबार २०:१, काठमाडौँ

छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ न्यू डायमन्ड स्पोट्स क्लबले थाइल्यान्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिप अन्तर्गत बुधबार भएको खेलमा न्यू डायमन्डले थाइल्यान्डलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। न्यू डायमन्डले पहिलो सेट २५-२१, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-२० अंकले आफ्नो पक्षमा पारेको हो। न्यू डायमन्ड अपराजित रहँदै फाइनलमा पुगेको हो।

थाइल्यान्ड पराजित भएसँगै चार खेलबाट ७ अंक जोडेको पुलिस फाइनलमा पुगेको छ। थाइल्यान्डले चार खेलबाट ६ अंक जोडेको छ। 
अब महिलातर्फको उपाधिका लागि न्यू डायमन्ड र नेपाल पुलिस क्लब भिड्नेछन्। तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्स र सशस्त्र प्रहरी बलको एपीएफ क्बलबीच प्रतिष्पर्धा हुनेछ। तेस्रो स्थानका लागि भोलि र फाइनल खेल पर्सि हुनेछ।

अब पुरुषतर्फ पनि दुई खेल छन्। पुरुषतर्फको पहिलो खेल पुलिस र एपीएफबीच हुनेछ। त्यसपछि त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन्। 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्। सिंगल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad