खेल


पुलिसविरुद्धको खेलमा गण्डकीको सहज जित

पुलिसविरुद्धको खेलमा गण्डकीको सहज जित

नेपालखबर
माघ १३, २०८२ मंगलबार १६:३९, काठमाडौँ

घरेलु टोली गण्डकी प्रदेशले पोखरामा जारी छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ। 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबारको अन्तिम खेलमा गण्डकीले पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको हो। गण्डकीले पुलिस क्लबलाई २५-२२,२५-२० र २५-१४ ले सहजै पाखा लगायो। पुलिसमाथिको जितसँगै गण्डकीले फाइनल पुग्ने सम्भावना कायम राखेको छ। 

त्यसअघि पुरुषतर्फ भएको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघले मालदिभ्स भलिबल एसोसियसनलाई ३-० कै सोझो सेटले हराएको हो। पर्वतले मालदिभ्समाथि २५-१७, २५-१८ र २५-१६ को जित दर्ता गर्‍यो। 

आजै महिलातर्फ भएको खेलमा न्यू डायमन्ड स्पोट्स क्लब र थाइल्यान्ड क्विन्सले जित निकालेको छ। न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

त्यस्तै, थाइल्यान्डले आर्मीलाई ३-० को सोझो सेटमा हराउँदै फाइनलको सम्भावना जिवित राखेको छ। थाइल्यान्डले आर्मीलाई २५-११, २५-२१ र २५-१६ सेटले हराएको हो। 

च्याम्पियनसिप अन्तर्गत बुधबार चार खेल हुनेछन्। दिनको पहिलो खेलमा महिलातर्फ एपीएफ र पुलिस क्लब भिड्नेछन्। दोस्रो खेलमा न्यु डायमन्ड र थाइल्यान्ड क्विन्स भिड्नेछन्। पुरुषतर्फ पुलिस क्लब र मालदिभ्सबीच तथा अन्तिम खेलमा एपीएफ र आर्मी भिड्नेछन्। 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्। 

सिंगल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्नेछन्।  महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad