सुदूरपश्चिम


कैलाली-कञ्चनपुरमा बालेनः गितार बजाउँदै गीत गाए, उम्मेदवारसँग गफिए

समर्थकको घुइँचो
कैलाली-कञ्चनपुरमा बालेनः गितार बजाउँदै गीत गाए, उम्मेदवारसँग गफिए

नेपालखबर
माघ १३, २०८२ मंगलबार १६:३९, कञ्चनपुर

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम पुगेका छन्। पूर्वको चुनावी प्रचार सकेर बालेन मंगलबार सुदूरपश्चिम पुगेका हुन्। 

उनले कैलाली–कञ्चनपुरका क्षेत्रका रास्वपाका उम्मेदवारहरूसँग भेटघाट गरे। पश्चिमको सहर महेन्द्रनगर पुग्दासम्म पनि उनलाई हेर्नेको भीड थामीनसक्नु देखिथ्यो।

समर्थकले घेरिएका बालेन गाडीको ‘सनरुफ’बाट निस्किँदै हात हल्लाउँदै अघि बढिरहे। बालेनले कुनै चुनावी भाषण गरेनन्। बरु रास्वपाका उम्मेदवार भेटेर चुनावी प्रचारप्रसारमा तीव्रता दिन सुझाए। 

थोरैबेर उम्मेदवारसँग गफिए। खादामाला ओढाएर स्वागत गर्न खोज्दा ओडेनन्, समात्दै सहयोगीलाई राख्न दिए। रास्वपाको कार्यालयमा पुगेर घण्टी बजाए, कतै राष्ट्रिय झण्डा पनि हल्लाए।

धनगढीमा बालेनले गितार बजाउँदै ‘नजाउ पर आउ वर’ गीत गुनगुनाउनसम्म भ्याए। 

मंगलबार बिहान कैलाली पुगेका उनी त्यहाँका उम्मेदवार भेट्दै अघि बढे। कञ्चनपुर क्षेत्र नम्बर १ बाट कञ्चनपुरमा पाइला टेकेका उनले बेलौरीमा रास्वपा कञ्चनपुर १ का उम्मेदवार जनकसिंह धामीसँगै कार्यकर्तासँग भेटघाट गरेका थिए। 

झलारीमा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार दीपक बोहरासँगै स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरे। 

आजै उनी कञ्चनपुर क्षेत्र नं. ३ को महेन्द्रनगरमा पनि पुगे। बालेन केहीदिन चुनाव प्रचारप्रसारका लागि सुदूरपश्चिममा रहनेछन्। 

उनले सुदूर पहाडका जिल्लामा पनि जाने कार्यक्रम छ। अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह उम्मेदवार छन्। बालेन प्रचारप्रसारका लागि त्यहाँ पनि पुग्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad