खेल


श्रीलंका भ्रमणमा नेपाली टोली : २ अभ्यास खेलमा हार, तेस्रोमा शानदार जित

श्रीलंका भ्रमणमा नेपाली टोली : २ अभ्यास खेलमा हार, तेस्रोमा शानदार जित

नेपालखबर
माघ १०, २०८२ शनिबार १९:४६, काठमाडौँ

भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका ए विरुद्धको तेस्रो अभ्यास खेलमा शानदार जित हात पारेको छ।

शनिबार सम्पन्न तेस्रो अभ्यास खेलमा नेपालले श्रीलंका ए लाई ७ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गर‍्यो। सुरुवाती दुई अभ्यास खेलमा पराजय भोगेको नेपाली टोलीले तेस्रो खेलमा पुनरागमन गरेको हो।

श्रीलंका ए ले दिएको १ सय ३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ३५ बलमा सर्वाधिक ४९ रन बनाए पनि उनी क्याच आउट भए। आरिफ शेख २४ रन र दीपेन्द्र सिंह ऐरि २२ रनमा अविजित रहे। रोहित पौडेल १९ रनमा आउट हुँदा अर्का आरिफ शेख ११ रनमै पेभेलियन फर्किएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ए टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो। नेपालका लागि शेर मल्लले उत्कृष्ट बलिङ गर्दै १ मेडनसहित २० रन खर्चेर ४ विकेट लिए। दिपेन्द्र सिंह ऐरिले २ विकेट लिए भने नन्दन यादव र रोहित पौडेलले समान एक/एक विकेट हात पारे।

यसअघि नेपाल पहिलो अभ्यास खेलमा ६ विकेटले र दोस्रो खेलमा ७३ रनले पराजित भएको थियो।

नेपाली टोली अब थप अभ्यास खेलका लागि भारत जानेछ। भारतमा नेपालले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग तीन अभ्यास खेल खेल्ने कार्यक्रम छ।

आईसीसी टी-२० विश्वकप २०२६ फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुनेछ। नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप अभियानको सुरुवात गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad