नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारहरूसँग आफू ‘पब्लिक डिबेट’ गर्न तयार भएको बताएका छन्।
अहिले प्रधानमन्त्रीका उम्मेदवारहरूले एउटै मञ्चमा सार्वजनिक बहस गर्नुपर्ने आवाज उठिरहेका बेला उनले आफू त्यसका लागि तयार रहेको बताएका हुन्।
‘प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्नेहरूको बीचमा संवाद कार्यक्रम राख्नुस् र एउटा पब्लिक डिबेट, ओपन लाइभ गर्न आवश्यक छ,’ शनिबार च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा ओलीले भने, ‘किन प्रधानमन्त्री हुनुपर्ने, के गर्नलाई प्रधानमन्त्री हुनुपर्ने आदि कुराहरू त छलफल गर्नु पर्यो नि।’
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि ओलीका अलवा नेपाली कांग्रेसका सभापति गगन थापा, काठमाडौँका पूर्व मेयर बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङ लगायतलाई प्रधानमन्त्रको उम्मेदवारका रुपमा अघि सारिएको छ।
Shares

प्रतिक्रिया