खेल


जिम्बाबेलाई नेपालले ६ विकटले हरायो, सुपर- ६ मा पुग्ने सम्भावना जिवित

जिम्बाबेलाई नेपालले ६ विकटले हरायो, सुपर- ६ मा पुग्ने सम्भावना जिवित

नेपालखबर
माघ १०, २०८२ शनिबार १६:१३, काठमाडौँ

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा जिम्बाबेलाई पराजित गरेसँगै घरेलु टोली नेपालले सुपर- ६ पुग्ने सम्भावना जिवित राखेको छ। 

लगातार २ खेलमा पराजित भएको नेपाली टोलीले तेस्रो खेलमा आएर पहिलो जित दर्ता गरेको हो। 

शनिबार भएको खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो। लगातार चौथो खेलमा हार भोगेसँगै जिम्बाबे समूह चरणबाट अंकविहीन रुपमा बाहिरिएको छ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले तथा नेदरल्यान्डससँग २ रनले पराजित भएको थियो। 

नेपालले अब सुपर–६ खेल्न पुग्न समूह चरणको अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ। नेपालले सो खेलमा स्कटल्यान्डलाई हराउँदै नेट रनरेटनमा बलियो रहे सुपर–६ खेल्न सक्नेछ। हार वा नेटरनरेटमा पछि परे समूह चरणबाट नै बाहिरिनेछ। 

जिम्बाबेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले ३ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि उपकप्तान पुजा महतो ५२ र रुविना क्षेत्री २ रनमा अविजित रहे। पुजाले ५० बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरिन्। 

ओपनर विन्दु रावल १५ रनमा एलबीडब्लु धरापमा परिन्। कप्तान इन्दु बर्मा २२ रन बनाउँदा बोल्ड आउट हुन पुगिन्। सिता रानामगर ११ रन बनाउँदा रिटायर्ड हर्ट भइन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि रिया शर्माले २ विकेट लिइन्। कविता कुवँर, पुजा महतो, सिता रानामगर र रुविना क्षेत्रीले समान एक विकेट आफ्नो नाममा गरे।

जिम्बाबेका लागि केलिस ध्लोबुले सर्वाधिक ५२ रन बनाइन्। विलभ्ड विजाले ३४ रन बनाए।

हेर्नुहोस् तस्बिरहरू (सरोज नेपाल/नेपालखबर)


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad