नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउण्डर सिता रानामगरले १ हजार रन पूरा गरेकी छिन्।
घरेलु मैदानमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत जिम्बाबेविरुद्धको खेलमा ७ रन लिएसँगै सिताले १ हजार रन पूरा गरेकी हुन्। 
सिताले ६६ खेलमा १ हजार रनको कोशेढुङ्गा पार गरेकी हुन्। सिताको सर्वाधिक रन ८५ रहेको छ।
राष्ट्रिय टोलीका लागि १ हजार रन पूरा गर्ने सिता तेस्रो खेलाडी हुन्। यसअघि कप्तान इन्दु बर्मा र रुविना क्षेत्रीले १ हजार रन पूरा गरेका थिए।
त्यस्तै पिचमा दौडने क्रमम सिता रानामगर घाइते भएकी छिन्। उनी जिम्बाबेकी बलरसँग ठोक्किन पुगेकी थिइन्।
घुडामा चोट लगाएर खेल्न नसक्ने भएपछि उनी रिटायर्ड हर्ट भएकी थिइन्।
72
Shares

प्रतिक्रिया