ad ad

खेल


भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण स्थगित, बुधबारसमेत वर्षाको संभावना

भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण स्थगित, बुधबारसमेत वर्षाको संभावना

नेपालखबर
असार २५, २०७६ बुधबार ३:३१,

मंगलबार रातिको खेल वर्षा भएपछि स्थगित भएको हो। म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २ सय ११ रन बनाइरहँदा भारी वर्षा भएको थियो।

त्यसपछि खेल स्थगित गर्नु परेको थियो। खेल बुधबार स्थानीय समयअनुसार विहान १०ः३० बजे यसै स्थितिबाट सुरु गर्ने तय भएको छ।

वर्ल्ड कप 2019

यद्यपी बुधबार समेत पानी पर्ने संभावना रहेको बीबीसीले जनाएको छ। यस्तो अवस्थामा खेल स्थगित भए, भारत खेल नखेली फाइनलमा प्रवेश गर्नेछ।

भारत लिग चरणमा शीर्ष स्थानमा रहेको टोली हो। वेलयाती मौसम विभागका अनुसार जुलाई दश अर्थात् बुधबारको मौसमा मंगलबारकोभन्दा झनै खराब हुनेछ।

वेलायतमा बुधबार पानी पर्ने संभावना निकै छ। त्यहाँको आकाशमा कालो बादल धुमिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .