ad ad

छापा खबर


नेपालीभन्दा भारतीय तरकारी र फलफूलमा विषादी बढी, यस्तो छ आँकडा

नेपालीभन्दा भारतीय तरकारी र फलफूलमा विषादी बढी, यस्तो छ आँकडा

नेपालखबर
असार २५, २०७६ बुधबार ३:१६,

बजारमा उपलब्ध तरकारीमध्ये भारतबाट आयात हुने तरकारीमा विषादीको मात्रा अवशेष बढी देखिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको प्रयोगशाला परीक्षणमा भारतीय तरकारीमा विषादीको अवशेष बढी भेटिएको हो।

एकाइका प्रमुख जग्यश्वर शर्माले भारतीय तरकारीमा विषादीको अवशेष तोकिएको मापदण्डभन्दा कम नै भए पनि नेपाली उत्पादनमा भन्दा बढी रहेको जानकारी दिए।

‘हामीले नियमित रूपमा परीक्षण गरेको तरकारीलाई हेर्दा भारतीयमा विषादीको अवशेष बढी देखिएको छ,’ उनले भने, ‘तुलनात्मक रूपमा नेपाली तरकारीमा कम विषादीको अवशेष देखिएको छ ।’

यतिवेला भारतबाट आलु र प्याज धेरै मात्रामा आइरहेको छ । दुवै तरकारीमा १० प्रतिशतभन्दा बढी विषादीको अवशेष भेटिएको खबर आजको नयाँ पत्रिकामा अजित अधिकारीले लेखेका छन्।

तर, यही अवधिमा नेपालका विभिन्न ठाउँबाट काठमाडौं भित्रिएका तरकारीमा औसतमा ३ देखि ४ प्रतिशत विषादीको अवशेष फेला परेको छ।

भारतीय तरकारीमा ८३ प्रतिशतसम्म विषादी
कालीमाटीमा प्रयोगशाला स्थापना भएपछिको परीक्षणमा भारतीय तरकारीमा ८३ प्रतिशतसम्म विषादीको अवशेष फेला परेको छ । सरकारले ३५ प्रतिशतसम्मको अवशेषलाई मात्र मापदण्डभित्रको मान्यता दिएको छ।

५ माघ, ०७३ मा कालीमाटीमा भित्रिएको भारतीय टमाटरमा अर्गानो फस्फेट विषादीको अवशेष ८३.१८ प्रतिशत फेला परेको थियो ।

७ माघ ०७३ मा भएको परीक्षणमा नेपालकै बारामा उत्पादित टमाटरमा ७९।३५ प्रतिशत विषादीको अवशेष देखिएको थियो । चितवनबाट काठमाडौं ल्याइएको काउलीमा ७२।०९ प्रतिशत विषादीको अवशेष फेला परेको थियो ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .