खेल


खेल सार्न बंगलादेशले गरेको आग्रह आईसीसीद्वारा अस्वीकार

खेल सार्न बंगलादेशले गरेको आग्रह आईसीसीद्वारा अस्वीकार

नेपालखबर
माघ ८, २०८२ बिहिबार १४:३७, काठमाडौँ

भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपका लागि आफ्नो खेल सार्न बंगलादेशले गरेको आग्रहलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्वीकार गरेको छ। 

सुरक्षाको कारण देखाउँदै बंगलादेशले आफ्ना खेलहरू श्रीलंकामा सार्न आईसीसीलाई आग्रह गरेको थियो। तर बंगालदेशको आग्रहलाई अस्वीकार गर्दै आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई थप एक दिनको समय दिएको छ। 

आईसीसीले विश्वकपका खेलहरू पूर्वनिर्धारित तालिकामा नै खेलाउने निर्णय गरेको छ। 

आईसीसीको बोर्डले बंगलादेशले भारतमा आएर विश्वकप खेल्न अस्वीकार गरे स्कटल्यान्डलाई खेलाउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आईसीसीले वरियताको आधारमा स्कटल्यान्डलाई खेलाउने तयारी गरिरहेको छ। 

यसअघि भारतयि सञ्चारमाध्यमले बंगलादेशले भारतमा आएर विश्वकप खेल्न तयार भएको समाचार आएका थिए। 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकता नाइट राइडर्सलाई बंगलादेशका फाष्ट बलर मुस्ताफिजुर रहमानलाई आईपीएलको टोलीबाट हटाउन निर्देशन दिएपछि भारत र बंगलादेशबीचको दूरी थप टाढिएको हो। 

विश्वकपमा बंगलादेशले तनि खेल कोलकतामा र समूह चरणको अन्तिम खेल मुम्बइमा खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad