खेल


नेपाली टोली अभ्यास खेलमा श्रीलंका ‘ए’सँग पराजित

नेपाली टोली अभ्यास खेलमा श्रीलंका ‘ए’सँग पराजित

नेपालखबर
माघ ८, २०८२ बिहिबार १४:४४, काठमाडौँ

आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका ए टोलीसँगको दोस्रो अभ्यास खेलमा ७३ रनले पराजित भएको छ। 

बिहीबार भएको खेलमा श्रीलंका ए ले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि लोकेश बमले २६ बलमा ४१ रन बनाए। लोकेश बलमे १५ बलमा २५ रन थपे। 

त्यसअघि श्रीलंका ए ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको योगफल तयार पारेको थियो। श्रीलंकाका लागि लाहिरु उडाराले ५२ बलमा ९३ रन बनाए। 

नेपालका लागि कुशल भुर्तेल र नन्दन यादवले समान २ विकेट लिए। 

नेपालले अब तेस्रो अभ्यास खेल शनिबार खेल्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad