खेल


टी–२० आई क्रिकेटमा रुविनाको १ हजार रन पूरा

टी–२० आई क्रिकेटमा रुविनाको १ हजार रन पूरा

नेपालखबर
माघ ८, २०८२ बिहिबार १२:३१, काठमाडौँ

महिला टी–२० आई क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीकी रुविना क्षेत्री बेलवासेले १ हजार रन पूरा गरेकी छिन्।

घरेलु मैदानमा जारी आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको १९.५ ओभरमा २ रन पूरा गर्ने क्रममा पहिलो रन बनाउँदा रुविनाले १ हजार रन पूरा गरेकी हुन्।

नेदरल्यान्ड्सविरुद्ध रुविनाले ३३ रन बनाउँदा १ हजार रन बनाएकी हुन्। पूर्वकप्तान रुविनाले आफ्नो १ खेलको ७१ औँ इनिङ्समा १ हजार रन बनाइन्। रुविनाले १ शतक र १ अर्धशतक हानिन्। रुविनाले सर्वाधिक १ सय १ रनमा नटआउट छिन्।

नेपालबाट टी–२० आईमा १ हजार रन पूरा गर्ने रुविना दोस्रो खेलाडी हुन्। यसअघि कप्तान इन्दु बर्माले १ हजार रन बनाएकी थिइन्। 

इन्दुले अक्टोबरमा मलेसियामा भएको ५ खेलको सिरिजमा १ हजार रन पूरा गरेकी थिइन्। सो सिरिज नेपालले ३–२ ले सिरिज जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad