फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी फाइनल खेलमा स्पेनले पहिलो गोल गरेको छ।
अतिरिक्त समयमा धकेलिएको खेलमा १० खेलाडीमा समेटिएको अर्जेन्टिनाविरुद्ध स्पेनले पहिलो गोल गरेको हो।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको १०६औँ मिनेटमा स्पेनले अग्रता लिएको हो।
फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन्।
निर्धारित समय दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।
अतिरिक्त समयमा पनि गोल हुन नसके खेलको निर्णय टाइब्रेकरबाट लिइनेछ।
इन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएसँगै साविक विजेता अर्जेन्टिना १० खेलाडीमा सिमित भएको छ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा इन्जोले स्पेनका खेलाडीलाई खराब ट्याकल गरेपछि दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेका छन्।

पहिलो पटक ३ देशका १६ शहरमा संयुक्त रुपमा भएको विश्वकपको महाकुम्भमा ४८ देश सहभागी थिए। कुल १ सय ४ खेल रहेको विश्वकपको उपाधि भिडन्त जारी छ।
सन् २०१० को च्याम्पियन स्पेनले १६ वर्षदेखि विश्वकप उचाल्न सकेको छैन।
अर्जेनिटनाले १९७८, १९८६ र २०२२ मा विश्वकपको उपाधि उचालेको थियो।
Shares

प्रतिक्रिया