खेल


इङलिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड स्टोन भिल्लासँग २–१ ले पराजित

इङलिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड स्टोन भिल्लासँग २–१ ले पराजित

नेपालखबर
पुस ७, २०८२ सोमबार ७:५७, काठमाडौँ

मोर्गन रोजर्सको दुई गोल सहयोगमा एस्टोन भिल्लाले इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। 

आइतबार राति भिल्ला पार्कमा भएको खेलमा घरेलु टोली एस्टोन भिल्लालेले युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो। 

युनाइटेडलाई हराएपछि एस्टोन भिल्लाले सबै प्रतियोगिताहरुमा गरि १० खेलमा अपराजित रहेको छ। टोलीका लागि यो सन् १९१४ पछिको शीर्ष लिगहरुमा सबैभन्दा राम्रो लय हो। 

पहिलो हाफको अन्तिम मिनेटमा मोर्गनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।  पहिलो हाफको इन्ज्युरी समयमा म्याथियस कुन्हाले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए। 

खेलको ५७ औँ मिनेटमा मोर्गन कै गोलमा भिल्लाले खेलमा पुनः अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा घरेलु टोलीले युनाइटेडलविरुद्ध २७ घरेलु प्रिमियर लिगमा दोस्रो जित हात पारेको हो। 

जितसँगै एस्टोन भिल्ला अंक तालिकाको तेस्रो स्थानमा छ। जारी लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेको भिल्ला शीर्ष स्थानको आर्सनलभन्दा ३ अंकले पछि छ। 

लिगका १७ मध्य ११ खेलमा जित र समान ३ खेलमा हार र बराबरीको नतिजा ल्याएको भिल्ला ३६ अंकमा तेस्रो स्थानमा छ।  समान खेलबाट ३७ अंक भएको म्यानचेष्टर सिटी दोस्रो र ३९ अंक भएको आर्सनल शीर्ष स्थानमा छ। 

समान खेलबाट २६ अंक भएको युनाइटेड सातौ स्थानमा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad