काठमाडौँमा हुने आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि २० नेपाली खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट भएको प्रवक्ता छुम्बी लामाले जनाएका छन्। बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीमा इन्दु बर्मा, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचनाकुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, सना प्रवीण, ईश्वर विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी सावद, मनिषा उपाध्याय, सीता राना मगर र काजोल श्रेष्ठ रहेका छन्।
आईसीसी महिला टी-२० कपका लागि ग्लोबल क्वालिफायर क्रिकेट प्रतियोगिता काठमाडौँमा हुँद छ। आगामी १२ जनवरीदेखि १ फेब्रुअरीसम्म प्रतियोगिता हुने क्यानले जनाएको छ।
Shares

प्रतिक्रिया