खेल


नेपाली युवा टोलीले यूएईलाई दियो १२५ रनको लक्ष्य

नेपाली युवा टोलीले यूएईलाई दियो १२५ रनको लक्ष्य

नेपालखबर
पुस २, २०८२ बुधबार १५:६, काठमाडौँ

यूएईमा जारी यू-१९ एसिया कपअन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपाली युवा टोलीले अफगानिस्तानसामु जितका लागि १ सय २५ रनको झिनो लक्ष्य दिएको छ। 

यूएईको द सेभेन्स स्टेडियममा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली ४६.४ ओभरमा १ सय २४ रन बनाउँदा अलआउट भयो। नेपालका लागि दिलसाद अलीले बनाएको ३२ रन नै सर्वाधिक रह्यो। 

चन्दन रामले २७ रन थपे। अविशेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

अफगानिस्तानविरुद्ध कमजोर सुरुवात गरेको नेपाली टोलीले पावर प्लेमा नै ३ विकेट गुमाएर २९ रन बनाएको थियो। नेपालका ओपनर साहिल पटेल १ रनमा अब्दुल अजिजको बलमा बोल्डआउट भए। निरज यादव २० बलमा १ चौका सहयोगमा ८ रन बनाउँदा क्याच आउट हुन पुगे। विकेटकिपर आशिष लोहार ४ रन बनाउँदा एलबीडब्लूको धरापमा परे।  

जवाफी ब्याटिङ गरिरहेको अफगानिस्तानले ६ ओभरको समाप्तीमा २ विकेट गुमाएर २८ रन बनाएर खेलिरहेको छ। अफगानिस्तानले छैटौँ ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट गुमाएको थियो। नेपालका लागि दुवै विकेट अविशेक तिवारीले लिए। 

समूह चरणबाट नै बाहिरिसकेका नेपाल र अफगानिस्तान पहिलो जित निकाल्दै एसिया कप यात्रा समापन गर्न चाहन्छन्। नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ७ विकेटको हार भोगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad