खेल


अफगानिस्तानविरुद्ध युवा टोलीको कमजोर प्रदर्शन

अफगानिस्तानविरुद्ध युवा टोलीको कमजोर प्रदर्शन

नेपालखबर
पुस २, २०८२ बुधबार १२:०, काठमाडौँ

यूएईमा जारी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली युवा टोलीले अफगानिस्तानविरुद्ध कमजोर प्रदर्शन गरिरहेको छ।
 
यूएईको दि सेभेन्स स्टेडियममा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले १६ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ४० रन बनाएर खेलिरहेको छ।

पावर प्लेमा नै ३ विकेट गुमाएको नेपालले २९ रन बनाएको थियो।

नेपालका ओपनर साहिल पटेल १ रनमा अब्दुल अजिजको बलमा बोल्डआउट भए। निरज यादव २० बलमा १ चौका सहयोगमा ८ रन बनाउँदा क्याच आउट हुन पुगे। विकेटकिपर आशिष लोहार ४ रन बनाउँदा एलबीडब्लु धरापमा परे।

दिलसाद अली १५ र कप्तान अशोक धामी ४ रनमा अविजित रहे। 

नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ७ विकेटको हार भोगेको थियो। 

लगातार दोस्रो हारसँगै समूह चरणबाट बाहिरिसकेको नेपाली युवा टोली सान्त्वना जितको खोजीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad