खेल


अस्ट्रेलियाका क्यामरुन आईपीएलमा कोलकाता राइजर्सद्वारा २५ करोड २० लाख भारुमा अनुबन्ध

अस्ट्रेलियाका क्यामरुन आईपीएलमा कोलकाता राइजर्सद्वारा २५ करोड २० लाख भारुमा अनुबन्ध

नेपालखबर
पुस १, २०८२ मंगलबार २०:५७, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) को मंगलबार भएको अक्सनमा कोलकाता नाइट राइजर्सले अस्ट्रेलियाका क्यामरुन ग्रिनलाई २५ करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ।  

यो सँगै क्यामरुन आईपीएल अक्सनको इतिहासमा सबैभन्दा महंगो रकममा बिक्री हुने तेस्रो ओभरसिज खेलाडी बनेका छन्। 

६४.३ करोड भारतीय रुपैयाँको सबैभन्दा ठूलो पर्सबाट लिलामी सुरु गरेको कोलकताले चेन्नई सुपर किंग्सलाई प्रतिस्पर्धा गर्नबाट रोक्नु परेको थियो। क्यामरुनमाथि अन्य क्लबले बोली लगाएपनि कोलकतासँग लामो समय प्रतिस्पर्धा गर्नु परेको थियो। 

क्यामरुनमाथि करिब १० मिनेटभन्दा बढी समय अन्य टोलीले बोली लगाएका थिए। यो समयपछि उनी आईपीएल मंहगा खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। यसअघि ऋषभ पन्त भारतीय २७ करोड र श्रेयस अय्यर २६.७५ करोड रुपैयाँमा बिक्री हुँदै पहिलो र दोस्रो स्थानमा छन्। 

उनीअघि सबैभन्दा महंगा विदेशी खेलाडीहरू मिचेल स्टार्क २४.७५ करोड र प्याट कमिन्स २०.५० करोड भारतीय रुपैयाँमा बिक्री भएका थिए। 

यद्यपी आईपीएलले मिनी अक्सनमा विदेशी खेलाडीहरूमा लगाएको अधिकतम तलब सिमाका कारण क्यामरुनले १८ करोड रुपैयाँ मात्र पाउनेछन्। 

१८ करोडभन्दा बढीको बोली रकम खेलाडी कल्याणका लागि बीसीसीआईमा जानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad