सोमबारको तुलनामा मंगलबार (आज) काठमाडौँ उपत्यकामा चिसो बढेको छ।
मौसम महाशाखाको तथ्यांकअनुसार आज उपत्यकामा न्यूनतम र अधिकतम दुवै तापक्रम हिजोभन्दा घटेका छन्।
मौसम महाशाखाको अभिलेखअनुसार आज काठमाडौँ उपत्यकामा न्यूनतम ५.० डिग्री सेल्सियस र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियसमा झरेका हुन्। हिजो उपत्यकामा न्यूनतम ५.४ र अधिकतम १८.२ डिग्री सेल्सियस थिए।
यसको अर्थ हिजोको तुलनामा आज काठमाडौँ उपत्यकामा बिहान र दिउँसो दुवै समय जाडो बढेको छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
हेर्नुहोस् काठमाडौँसहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम:

Shares

प्रतिक्रिया