क्रिकेटर शेर मल्ल लगातार नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफि जित्ने पहिलो खेलाडी बनेका छन्।
पहिलो सिजनमा उनी जनकपुर बोल्ट्सबाट हुँदा टिम बिजेता बनेका थिए। दोस्रो सिजनमा जनकपुरले उनलाई रिलिज गरेपछि उनी लुम्बिनी लायन्समा आवद्ध भएका थिए।
उनी आवद्ध भएको लुम्बिनीले यसपटक ट्रफि जितेको छ। र, दुवै सिजनमा पराजित हुने टोली सुदूरपश्चिम रोयल बनेको छ।
मल्लले यो सिजनमा कुल १७ विकेट लिएका छन्। फाइनलमा सुदूरपश्चिमविरुद्ध ३ विकेट लिएसँगै शेर मल्लको विकेट संख्या १७ पुगेको हो।
त्यस्तै पहिलो सिजनमा उनले जनकपुरबाट खेल्दा ७ खेलमा ७ विकेट लिएका थिए।
702
Shares

प्रतिक्रिया