खेल


यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध युवा टोली पराजित

यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध युवा टोली पराजित

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १६:१३, काठमाडौँ

संयुक्त अरब एमिरेट्स (युएई) मा जारी यू-१९ एसिया कपमा नेपाली युवा टोलीले पहिलो हार व्यहोरेको छ। 

शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो। 

नेपालले दिएको ८३ रनको झिनो लक्ष्य श्रीलंकाले १४.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

त्यसअघि यूएईको सेभेन्स स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली युवा टोली २८.५ ओभरमा ८२ रनमा अलआउट भयो।

नेपालका लागि सिवरिन श्रेष्ठले बनाएको १८ रन नै सर्वाधिक रह्यो। उनले ४३ बलमा एक चौका प्रहार गरे।

ओपनरद्वय साहिल पटेल १२ र निरज कुमार यादव १० रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

श्रीलंकाका लागि सेटमिका सेनेचिरत्नेले ५ विकेट लिए। उनले ९.५ ओभरमा १ मेडन राख्दै जम्मा २५ रन दिए। 

रासिथ निमसरा, भिग्नेश्वरम आकाश, दुलनिथ सिगेरा र चामिका हिनातिगालाले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad