राजनीति


विप्लवले भने- अवैध सरकारलाई समर्थन छैन

विप्लवले भने- अवैध सरकारलाई समर्थन छैन

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १६:२१, काठमाडौँ

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको सरकारलाई अवैध भनेका छन्। 

भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले)का एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले सरकारलाई अवैध भनेका हुन्। उनले भने, ‘यो अवैध सरकारलाई हाम्रो समर्थन छैन, हुँदैन।’

सर्वपक्षीय अन्तरिम सरकार बनाएर चुनावमा जानुपर्ने उनको भनाइ थियो। जेनजी आन्दोलनपछिको अवस्थाको चर्चा गर्दै उनले भने, ‘राज्य छ कि छैन भन्ने अवस्थामा देश पुगेको छ।’

यस्तो अवस्थामा कम्युनिस्टहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए। ‘कम्युनिस्टहरूले यो देशमा धेरै दुःख गरेका छन्। राजनीतिक शक्तिले दुःख गरेका छन्। देशभक्तले पनि दुःख गरेका छन्,’ विप्लवले भने, ‘नेपाली जनताका अपेक्षा अधूरा छन्। सहिदका सपना अधूरा छन्। देशको स्वाधिनता अझै अधूरो छ।’ 

अहिले दलहरूलाई उपेक्षा गर्ने खेल चलिरहेको उनको भनाइ थियो। ‘जिम्मेवार दलहरूलाई उपेक्षा गर्ने खेल चलिरहेको छ,’ विप्लवले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad