राजनीति


नेतृत्व पुस्तान्तरण अनिवार्य छ : कविन्द्र बुर्लाकोटी

नेतृत्व पुस्तान्तरण अनिवार्य छ : कविन्द्र बुर्लाकोटी

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १५:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले अहिलेको अवस्थामा नेतृत्व हस्तान्तरण अनिवार्य भएको बताएका छन्। 

भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले)को एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै महामन्त्री बुर्लाकोटीले पुस्तान्तरण आवश्य भएको बताएका हुन्। ‘नेतृत्व पुस्तान्तरण अनिवार्य छ। यसलाई एमालेले पनि बुझेको छ,’ उनले भने। 

जेनजी आन्दोलनपछिको अवस्थामा पुराना दलले अलिकति त्याग गर्नुपर्ने उनको भनाइ थियो। ‘एमाले लगायतका पुराना दलले नयाँ आएका दललाई पाठ सिक्ने कदम चाल्नुहुनेछ भन्ने भन्ने विश्वास लिएका छौं,’ बुर्लाकोटीले भने, ‘पुराना दललाई अलिकति त्याग गर्न पनि आह्वा गर्दछु।’

उनले रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाका विषयमा पनि ध्यान दिन आग्रह गरे। लामछिानेलाई विना प्रमाण जेलमा राखिएको उनको आरोप थियो। त्यसबारे सोच्न उनले एमालेलाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad