खेल


असली माओवादी हामी हौँ : खड्गबहादुर विश्वकर्मा

असली माओवादी हामी हौँ : खड्गबहादुर विश्वकर्मा

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १६:१९, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लेव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले असली माओवादी आफूहरू भएको दाबी गरेका छन्। 

बागमती प्रदेश कमिटिको आयोजनामा बिहीबार भएको कार्यक्रममा प्रवक्ता विश्वकर्माले असली माओवादी आफूहरू भए पनि त्यसको रुप र सार पाउन ११ वर्ष लागेको जिकिर भए। ‘रियलमा माओवादी हामी थियौँ। जनयुद्धका प्रतिनिधि र मार्क्सवाद, लेनिनवाद र माओवादबाट आफू निर्देशित र नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गरेर सञ्चालन गर्ने पार्टी र लिडरसीपको टीम भनेको हामी नै थियौँ,ल उनले भने, ‘तर मलाई कस्तो लाग्छ भन्दाखेरी सार र रुपको म्याचिङ गर्नको लागी हामीले ११ वर्ष संर्घष गर्नुपर्‍यो।’

उनले ११ वर्षको संर्घषपछि आफूलाई माओवादीकै रुपमा प्रस्तुत गर्न पाएको बताए। गत कात्तिक १९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल लगायतका अरु पार्टीहरूसँग एकताको नाममा माओवाद र माओवादी परित्याग गरेको उनको आरोप थियो। 

‘११ वर्षपछि हामी जे थियौँ त्यही आफूलाई प्रस्तुत गर्न हामीलाई वातावरण बन्यो,’ विश्वकर्माले भने, ‘विशेष गरेर गत कात्तिक १९ गते प्रचण्डजीले जसरी माधव नेपाल लगायतका अरु पार्टीहरूसँग एकता गर्नुभयो र त्यो एकतामा माओवाद पनि उहाँले परित्याग गर्नुभयो, माओवादी पनि परित्याग गर्नुभयो र माओवादीले प्रयोग गरेको चुनाव चिह्न पनि उहाँको निम्ति सह्य भएन।’

माओवादीलाई समाप्त पार्ने डिजाईन भएको बुझेर नै माओवादीलाई आफूहरूले पुनः ब्रान्डिङ गर्न लागेको उनको भनाइ थियो। माओवादी देशको विचारधारात्मक शक्ति, ब्रान्ड, नेपाली श्रमिक जनताको धड्कन भएको उनले जिकिर गरे। 

निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया पूरा गरेर प्रमाणपत्र लिएको उल्लेख गर्दै उनले भने, ‘विकसित घटनाक्रम र त्यसमा पनि कम्युनिस्ट आन्दोलनमा र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित घटेका घटनाक्रमलाई विशेष ढंगले हेर्दै अन्तिममा एउटा संस्लेषण, निष्कर्षमा पार्टी पुग्यो र हामीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को रुपमा आफूलाई प्रश्तुत गरेका छौँ।’ 

नेपाली जनताको मनमनमा माओवादी, माओवादीको जनयुद्ध र विचार भएको उनको दाबी थियो। माओवादीको नाम निशाना नराख्ने साम्राज्यवादीरुको डिजाईनलाई असफल भएको उनको तर्क थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad