आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि कैलालीका ५ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरेका छन्।
कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारका अनुसार क्षेत्रीय समितिले इच्छुक उम्मेदवारको नाम जिल्लामा पठाएको हो।
५ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ ३० जनाको नाम सिफारिस भएको छ। जसमा अधिकांश पुरानै अनुहार छन्। कोही अघिल्लो पटक चुनाव जितेका त कोही हारेकादेखि टिकट नपाएकासम्म छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस भएको छ। जसमा ईश्वरी न्यौपाने, जनकराज चौधरी, बुद्धिसागर चौधरी, डा. रणबहादुर रावल र रामजनम चौधरी रहेका छन्।
यहाँबाट समानुपातिका लागि ७ जनाको नाम सिफारिस भएको छ। उमाकुमारी बादी, केशरीकुमारी रावल, धिरजराज रेग्मी, बिर्खबहादुर रावल, राजेशकुमार टमटा, सुशीला स्वाँरको नाम सिफारिसमा परेको हो।
राष्ट्रियसभाका लागि जगन्नाथ रिमाल, नृपबहादुर खड्का र फकिरसिंह कठायतको नाम सिफारिस गरिएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ। कृष्णराज पाण्डे, घनश्याम जोशी, विजयबहादुर स्वाँर, हिमबहादुर रावल, गोपालबहादुर बम, वीरबहादुर थारु, नमराज उपाध्याय, जितेन्द्र उपाध्याय र मोहनसिंह राठौरको नाम सिफारिस भएर जिल्लामा पठाइएको छ।
समानुपातिकतर्फ शिव थापा, टीका चौधरी, सुमन सञ्ज्याल, रीता मुडभरी, गोविन्द विष्ट, बलबहादुर बिष्ट, रवीन्द्रकुमार चौधरी, सुशीला जोशी, कर्णबहादुर चौधरी, नन्दराम बादी, जुगराम चौधरी र नृपबहादुर सुर्वणकारको नाम सिफारिस गरिएको छ।
राष्ट्रिय सभातर्फ जनकबहादुर बम, मोहन सिंह राठौर, रंगाकुमारी भट्टराई, शिवा थापा, बल बहादुर विष्ट, धर्मराज न्यौपाने र हुर्मत चलाउनेको नाम सिफारिस भएको छ।
यस्तै, क्षेत्र नम्बर ३ क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ। खेमराज थारु, भीम बडुवाल, अविनास चौधरी र अंकार शाहको नाम सिफारिस भएको छ। समानुपातिकामा रीता चौधरी, रामकुमारी चौधरी र सम्झना खत्री तथा राष्ट्रियसभाका लागि रामचरण चौधरी र कलावती शाहको नाम सिफारिस गरिएको छ।
कैलाली क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस गरिएको छ। कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरसहित ७ जनाको नाम सिफारिस भएको हो।
डोटीबाट चुनाव लड्दै आएका बलायर अघिल्लो चुनावमा कैलाली ४ मा झरेका थिए। अघिल्लो चुनावमा बलायर विजयी भएको कैलाली ४ बाट कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको नाम पनि सिफारिस भएको छ।
बलायर पहिलो नम्बरमा सिफारिस हुँदा महरको नाम छैठौं नम्बरमा छ। यस्तै, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डे(आगो), टेकराज जोशी र भुवन महराको नाम पनि क्षेत्रीय समितिले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको उम्मेदवारका लागि जिल्ला समितिलाई सिफारिस गरेको छ।
क्षेत्रीय समितिले समानुपातिकतर्फ यज्ञनिधी कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस गरेको छ।
राष्ट्रियसभा निर्वाचनका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरादत्त भट्टको नाम सिफारिस गरिएको छ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री आरजू राणासहित ४ जनालाई उम्मेदवार सिफारिस गरेको छ।
राणा ०७४ मा कैलाली ५ मा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन्। ०७९ को चुनावमा पनि कैलाली ५ बाट लड्ने चर्चाबीच राणा पछि डडेल्धुराबाट समानुपातिक कोटामा सांसद बनेकी थिइन्।
कैलाली ५ मा प्रत्यक्षतर्फ आरजुसहित पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, २०७९ सालको निर्वाचन सोही क्षेत्रबाट जितेका डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वडको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको छ।
समानुपातिकतर्फ जीवन राना, गौरी कुमारी लामा, मनिराम देवल, सुशिल मिश्र भट्ट, सुनिता कुमारी राना, पुष्पा जोशी भट्ट, नीपा चोखाल, जागृती बोगटी, टेक बहादुर रैका आउजी, प्रमिला लम्साल र नरबहादुर बमको नाम सिफारिस गरिएको छ।
यस्तै, राष्ट्रिय सभा सदस्यतर्फ रिता भण्डारी, हरिष खड्का र रामचन्द्र ओझाको नाम सिफारिस गरिएको कांग्रेस कैलालीले जनाएको छ।
Shares

प्रतिक्रिया