सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार विकेट गएपछि कामठाडौँ गोर्खाजमा दबाबमा परेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँका ब्याटर लुम्बिनी लायन्सका बलरअघि टिक्न सकेनन्। दोस्रो ओभरदेखि नै विकेट झर्दै गए भने १२ ओभरमा पुग्दा सात विकेट गुमाइसकेको छ।
दोस्रो ओभरमा पहिलो विकेट गुमाएको काठमाडौँले तेस्रो ओभरमा अर्को विकेट गुमायो। चौथो र पाँचौ ओभरमा दुई विकेट गुमाएको कामठाडौँले १४ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो।
त्यसपछि ५० रन हुँदा दशौं ओभरको पहिलो बलमा भीम सार्की आउट भए भने पाँचौ बलमा जोन सिमसन आउट भए। त्यतिवेला काठमाडौँको ५१ रन थियो।
त्यसलगत्तै एघारौँ ओभरमा रसिद खान आउट भए। त्यतिवेला काठमाडौँले ५२ रन मात्रै बनाएको थियो।
काठमाडौँले चौधौं ओभरमा आदिल आलमलाई गुमाएको छ। उनी १८ रन बनाएर आउट भए।
लुम्बिनीका लागि शेर मल्ल र रोहित पौडेलले तीन–तीन तथा रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए।
Shares

प्रतिक्रिया